आदित्य र नेहाको विवाह पक्‍का, मिति पनि सार्वजनिक

इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्।

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी दिएको छ। उदितनारायणले त निकैअघि यसमा स्विकारोक्ति दिइसकेका छन्।उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन्। इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।

पछिल्लो समय बलिउड गायिका नेहा कक्कड निकै चर्चामा छिन् । उनले इन्डियन आइडल सिजन ११ का आदित्यनारायणसँग विवाह गर्ने भएकी हुन् । इन्डियन आइडल सिजन ११ मा केहीसमयदेखि चर्चामा आइरहेकी यी दुईले हालै विवाह गर्ने निधो गरेका हुन् ।उनीहरुको विवाह यहि १४ फेबुअरीमा हुने बताइएको छ । यसैक्रममा सोनीले जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ ।

भिडियाको क्याप्सनमा लेखिएको छ ‘१४ फेबुअरी, मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’गायिका नेहाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै लेखेकी छिन् ,’फेब्रुअरी १४’। यी कुराले प्रष्ट हुन्छ की उनीहरुले यहि फेब्रुअरी १४ मा विवाह गर्दैछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.