वैज्ञानिकको नेटवर्क बनाउँदै नास्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले विज्ञान प्रविधिका क्षेत्रमा विद्यावारिधि उपाधि प्राप्त गरेका नेपालीको विवरण संकलन गर्ने भएको छ । सरकारी र गैरसरकारी क्षेत्रमा क्रियाशिल विज्ञको व्यक्तिगत विवरण, विज्ञता, आवद्द संघसंस्था चुस्त बनाउन नास्टले यस्तो पहल अघि बढाएको हो । प्राकृतिक विज्ञान, चिकित्साशास्त्र, कृषि विज्ञान, इन्जिनियरिङ, गणित, सूचना प्रविधि लगायत अन्य विविध विषयका विज्ञको विवरण संकलन सुरू गरिएको नास्टका प्रवक्ता डा सुरेशकुमार ढुंगेलले बताउनुभयो । सञ्जाल ज्ञान अनुभव आदान–प्रदान गर्ने भरपर्दो ‘प्लेटफर्म’ बन्ने र वैज्ञानिक खोज अनुसन्धान कार्यमा विदेशी विज्ञ र परामर्शदाता नियुक्त गर्नुपर्ने बाध्यता बिस्तारै हट्ने नास्ट पदाधिकारीको दाबी छ ।

नेपालसहित विदेशी विश्वविद्यालयबाट विज्ञता हासिल गरेका वैज्ञानिक प्राविधिकको प्राज्ञिक पृष्ठभूमि, अनुसन्धान क्षेत्र, आवद्ध निकायको विवरण नास्टले आगामी वैशाखभित्र प्रकाशन र आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दैछ । विदेशमा रहेका वैज्ञानिकलाई नेपालसँग प्रत्यक्ष(अप्रत्यक्ष जोड्न ‘हु इज हु इन साइन्स एन्ड टेक्नोलोजी’ अर्थात् ‘विज्ञान र प्रविधिमा को शीर्षकमा विज्ञहरूको विस्तृत विवरण समेटिने नास्टका प्रवद्र्धन अधिकृत ज्योतिप्रसाद फुयाँलले बताउनुभयो ।

यसअघि सन् २०१०मा तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा नास्टले नेपालबाट प्रविधि विषयमा स्नातक र विज्ञानतर्फ स्नातकोत्तर तह र सो भन्दामाथिको शैक्षिक योग्यता हासिल गरेका नेपालीको विवरण संकलन गरेको थियो । सो बेला ४४ हजार ४४ नेपाली वैज्ञानिक र प्राविधिकको विवरण संकलन भएको थियो ।

सो अध्ययनले विज्ञान प्रविधिसँग जोडिएका सरकारी र गैरसरकारी निकाय, मुलुकभित्र उपलब्ध वैज्ञानिक उपकरण, प्रयोगशाला, खोज अनुसन्धानका सुविधा समेटिएको प्रतिवेदन तयार भएको थियो ।१० वर्षअघिको अध्ययन वैज्ञानिक प्राविधिकको सञ्जाल बनाउने पहिलो पहल भएको तर त्यसयता विज्ञहरूको व्यक्तिगत विवरण अद्यावधिक हुन नसकेको नास्ट अधिकारी बताउँछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.