आदित्य र नेहाको बिहे चर्चा हल्लामात्रै हो; उदितनारायण झा

चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण झा र गायिका नेहा कक्कडको बिहेको चर्चा केवल मजाक मात्रै भएको स्वयं उदितनारायणले नै बताएका छन् ।उदितले आदित्य र नेहाको विहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी टार्गेट रेटिङ पोइन्ट बढाउन गरिएको हल्लामात्रै भएको बताएका हुन्।

बलिउड ह‌ंगामाका सुवास के झाले उदितलाई उद्धृत गर्दै यो समाचार लेखेका छन् । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो । नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता हुन् ।उदितलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘मेरो छोरा आदित्य प्रस्तोता रहेको कार्यक्रमको टीआरपी बढाउन नेहासँगको हल्ला चलाइएको जस्तो मलाई लाग्छ । हल्ला सही सावित भए म खुसी नै हुनेछु । आदित्य हाम्रो एउटै छोरो हो । उसले अहिलेसम्म हामीलाई केही भनेको छैन। बिहे नै गर्ने भए त भन्थ्यो होला ।

चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण झा र गायिका नेहा कक्कडको बिहेको चर्चा केवल मजाक मात्रै भएको स्वयं उदितनारायणले नै बताएका छन् ।उदितले आदित्य र नेहाको विहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी टार्गेट रेटिङ पोइन्ट बढाउन गरिएको हल्लामात्रै भएको बताएका हुन्।बलिउड ह‌ंगामाका सुवास के झाले उदितलाई उद्धृत गर्दै यो समाचार लेखेका छन् । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो । नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता हुन् ।

उदितलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘मेरो छोरा आदित्य प्रस्तोता रहेको कार्यक्रमको टीआरपी बढाउन नेहासँगको हल्ला चलाइएको जस्तो मलाई लाग्छ । हल्ला सही सावित भए म खुसी नै हुनेछु । आदित्य हाम्रो एउटै छोरो हो । उसले अहिलेसम्म हामीलाई केही भनेको छैन। बिहे नै गर्ने भए त भन्थ्यो होला ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.