आफूले चलाएको मोबाइल कसको नाममा छ, थाहा पाउनुहोस

तपाई हामी प्रायः सबैसँग मोबाइल छ । तर आफूले प्रयोग गरेकै भरमा त्यो मोवाइल आफ्नै नाममा हुन्छ भन्ने छैन ।कतिपय मोवाइल अरुबाट पनि लिएर हामीले प्रयोग गरिरहेका हुन्छौ । ती मानिसहरुको नियत नै खराब थिएछ भने त्यसैकारण फसिने सम्भावना पनि उत्तिकै हुन्छ ।

यस्तो अवस्थामा तपाई आफूले चलाइरहेको मोबाइल कसको नाममा छ भन्ने थाहा पाउन यस्ता तरिका अपनाउन सक्नुहुन्छ ।मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस ।कल फरवार्ड गर्न *2198xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।Call Waiting सेवा सुचारु गर्न 43# डायल गर्नुहोस । Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।

प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422SECURITY CODE98XXXXXXXXRs..# डायल गर्नुहोस ।आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस। पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #3310000# डायल गर्नुहोस र सुबिधा हटाउन 3310000# डायल गर्नुहोस ।
डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।

Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।

ADSLको अन्तिम मिति थाहा पाउन VLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस । ADSLको ब्यालेन्स थाहा पाउन BLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।
नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस । नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.