दक्षिण कोरियामा कोरोना भाइरस संत्रलमण तिब्र , नेपालीहरुमा त्रास

दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन्।कोरोना भाइरस सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियामा ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले “उच्चतम तह” को सतर्कता घोषणा गरेको छ। दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या चीनपछिको सर्वाधिक हो।पछिल्ला दिनमा कोरियामा झनै तीव्र गतिमा सङ्क्रमितहरू फेला पर्न थालेको अवस्था छ।
दक्षिण कोरियामा कार्यरत केही नेपालीले कोरोनाभाइरसको प्रकोप फैलिएकाले नेपालीहरू भयभीत भएको बताएका छन्।

नेपालीहरू ९० दिनभन्दा बढी कामविहीन भएर बस्न नपाइने नियम छ। त्यसैले आज यहाँको दूतावासले मानव संशाधन विभागमा पत्राचार गरेर त्यो अवधिलाई विचार गर्न अनुरोध गर्न लागेको छ।दक्षिण कोरियामा जोखिम देखिएकाले नेपाल सरकारले ईपीएसमार्फत् रोजगारीमा जान लागेका नेपालीका दुईवटा टोलीलाई तत्काल जान रोक लगाएको छ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.