शिक्षक लाइसेन्सको नतिजा आगामी शुक्रबारभित्र सार्वजनिक हुने

काठमाडौं । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र लाईसेन्स को माध्यामिक तहको नतिजा अउदो शुक्रबारभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको जनाएको छ ।

यस अघि नै नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी रहेको बताए पनि आवश्यक तयारी र केहि प्राविधिक समस्याका कारण नतिजा सार्वजनिक नगरेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । ‘केहि प्राविधिक समस्यासँगै केहि काम अझै बाँकी छ, हामीले त्यो काम गरिरहेका छौँ’, उनले एस काठमाडुसँग भने, ‘अब यहि दिन आउँछ भनेर तोक्न नमिल्दैन्, चाररपाँच दिन दिनभित्रै अथवा ढिलोमा शुक्रबार सम्ममा जसरी पनि नतिजा सार्वजनिक गर्ने तयारीमा हामी रहेका छौँ ।’

सूचना अधिकारी आचार्यका अनुसार केहि प्राविधिक समस्या नआएको खण्डमा आगामी शुक्रबार माध्यामिक तहको नतिजा लाइसेन्सको नतिजा सार्वजनिक हुनेछ । यो हप्ताभित्र माध्यामिक तहको लाइसेन्स नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ । छिट्टै नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग रहेको उनको भनाई छ ।

पहिले माध्यामिक, निम्न माध्यामिक र क्रमसः प्राथमिक तहको नतिजा सार्वजनिक गरिने उनले बताए । ‘पहिले माध्यामिक त्यसपछि क्रमसस् निम्न माध्यामिक र प्राथमिक तहको नतिजा आउछ’, उनले भने, केहि प्राविधिक समस्या नआएको खण्डमा माध्यामिक तहको नतिजा यो हप्ताभित्रमा सार्वजनिक हुन्छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.