१९ देखि २६ वर्षसम्मको अविवाहित युवतीहरुलाई खुशीको खबर

मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए ।

अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५।४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.