रोनाल्डोका छोराको , २४ घण्टामा इन्स्टाग्राममा झण्डै १० लाख फलोअर्स

विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् ।

रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका छन् भने आफ्ना बुवाको जस्तै काैशल देखाउन सिपालु भइसकेका छन् । त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।

इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलाे गरेका छन् । याे समाचार तयार पार्दासम्म उनका ९ लाख ७९ हजार फलाेअर्स भइसकेका छन् । साथै उनले पाँच जनालाई फलाे गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.