गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका भट्टको ज्यान गयो

कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा ज्यान गएको छ ।

गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खस्नुभएको उहाँका काका टेकराजले जानकारी दिनुभयो ।

आशिष कुलेश्वरमा रहेको आफू कार्यरत कार्यालय जाने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.