बिहेपछी आँचल र उदिपको पहिलो अन्तरवार्ता, लजाईन आचल

आँचल शर्मा र उदिप श्रेष्ठले आज रिसेप्सन पार्टीमा पहिलो चोटी मिडिया सामु आएर आफ्नो कथा सुनाएका छन् । रिसेप्सन पार्टीमा मिडियाकर्मीसंग अन्तरक्रिया गर्दै आँचल र उदिपले एकअर्काको बानीले गर्दा प्रेम सम्बन्धमा बाधिएको बाताएका छन् ।

उदिप श्रेष्ठले आँचल शर्मा पाउँदा एकदम खुशी भएको उल्लेख गरेका छन् । विवाह पश्चात आँचल शर्मा रोएको देख्दा उदिप समेत भावुक भएर डराएको कुरा आँचल शर्माले सुनाएकी छिन् । आँचललाई उदिप श्रेष्ठको माया गर्ने बानीले गर्दा विवाह गर्न कस्सिएको बताएकी छिन् ।

आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको छ ।

उदिप श्रेष्ठले आँचल शर्माको फिल्म प्रेम सम्बन्धमा पर्नु अघि नहेरेको बताएका छन् । आँचलले विवाह पश्चात आफुलाई गाह्रो नपरेको बताएकी छिन् । नेवार समुदायमा विवाह गरेको हुँदा कुनै समस्या नपरेको तर व्यस्तता भएको चाही बताएकी छिन् ।

विवाह पश्चात नयाँ घर पुगेर आफु विहानै ४ बजे नै उठेको बताएकी छिन् । दुई परिवारको संस्कार फरक भएका कारण केहि गाह्रो भएको तर परिवारले साथ सहयोग गरेकाले सहज भएको आँचलले प्रष्टाएकी छिन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.