उदिपको घरमा जाँदा धरधरी रोइन आंचल

नायिका आँचल शर्मा बिहीबार बैवाहिक जीवनमा बाँधिइन्। डा। उदिप श्रेष्ठसँग उनको बिहे धुमधामसँग भयो। शनिबार बिहे पार्टीपछि पहिलो पटक मिडियामा आएका नवविवाहित जोडीले आफूहरु निकै खुसी रहेको बताएका छन्। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै दुबैले एकदमै खुसी रहेको बताए।
नायिका शर्माले विवाहअघिको सम्बन्धका बारेमा समेत चर्चा गरेकी छन्।

‘प्राय महिलारकेटी मान्छेको चाहना आफूलाई बुझ्ने, सर्पोट र केयर गर्ने होस भन्ने चाहना हुन्छ। त्यो उहाँमा मैले पाएँ।’ उनले भनेकी छन्। ‘कतिपयले यस्ता कुराहरु बाहिर देखाउनु हुन्न तर उहाँले सबैकुरा व्यक्त गर्नुहुन्छ। त्यसैले मलाई छोयो।’त्यस्तै उदिपले पनि आँचललाई भेटेदेखि नै बानी व्यहोरा र बोलीचालीलगायत सबैकुरा मन परेको बताए। ‘चुलबुलेपन, पहिलो नम्बरमा उहाँ९आँचल०को माया गर्ने तरिका एकदमै मनपर्छ।’ उदिपले भने।

बिहेको बेला आँचल भावुक हुँदा तपाइलाई के गरुम झैं लागेको थियोरु भन्ने सञ्चारकर्मीको प्रश्नमा उदिपले खुसीसँगै भावुक भएको बताए। ‘सबैजना रोइ रहेका थिए। मलाई पनि के गरौं झैं भएको थियो।’ उनले भने।त्यस्तै आँचलले पनि आफूले उहाँनिकै भावुक भएको पाएको बताइन्। ‘गाडीमा जाँदा मलाई त लागेको थियो। उहाँले कस्तो गर्नुहोला भन्ने। तर उहाँले एकदमै डराएको जस्तो गरी मलाई छुनु भयो र एकदमै जोरले समात्नुभयो।’

उदिपले पनि आफू त्यती बेला निकै भावुक भएको बताए। ‘मलाई उसको मनमा के चलिरहेको थियो भन्ने नै थाहा भएन। त्यस्तो भावुक मैले फिल्ममा मात्रै देखेको थिए।’ उनले भने।आँचलललाई मन पराइसकेपछि आफूले उसको सबै फिल्म हेरेको समेत उनले बताए। फिल्ममा देखिने कुरा व्यवसायिक काम भएकोले आफूलाई फिल्म हेर्दा त्यस्तो केही नलाग्ने उनको भनाई छ।

कोरोना भाइरस९कोविड–१९०का कारण तत्काललाई कुनै योजना नभएको उनले सुनाए। त्यस्तै आँचलले पनि आफू फरक संस्कृतिमा बिहे गरेर गएकोले निक्कै रमाइलो लागेको बताइन्। त्यस्तै उदिपले पनि ससुराली जाँदा त्यस्तो कुनै अफ्ठ्यारो महसुस नगरेको बताए।बिवाहपछि आँचलको क्यारियसरमा कुनै असर नपर्ने समेत बताए। आफ्नो र परिवारकोतर्फबाट पुरै सहयोग रहने समेत उनले सुनाए। पत्रकारले सोधेको प्रश्नमा उदिपले आफूले अभिनय गर्ने सम्भावना नरहेको बताए। त्यस्तै आँचलले पनि उदिपलाई साथ दिँदै दुबै जना आ(आफ्नो पेशामामै सुहाउने बताइन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.