कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले बताउनुभयो ।तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उहाले जानकारी दिनुभयो ।

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.