स्यालको आक्रमणबाट ३ महिने बालिकाको ज्यान गयो

अछामको कमलबजार नगरपालिकामा स्यालको आक्रमणबाट ३ महिने बालिकाको ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर १० लाँचीका लालबहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसरालाई बिहीबार दिउँसो स्यालले मारेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा सुताइराखेको बेला स्यालले बालिकालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला यस्तो घटना भएको स्थानीय गोविन्द विष्टले बताउनुभयो।

बालिकाको शव शुक्रबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको अछामका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.