हवाई भाडामा पुनर्विचार गर्ने सञ्चालकहरुको प्रतिबद्धता

काठमाण्डौ – वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग भएको छलफल मन्त्री योगेश भट्टराईले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक रुटमा निर्धारित अधिकतम सीमाका २ वटा दरका हवाई भाडा हटाउन आग्रह गर्नुभयो । यस्तै कम सीमाको भाडा दरलाई अधिकतम सीमा कायम गर्नसमेत मन्त्री भट्टराईले अनुरोध गर्नुभयो ।

जवाफमा वायु सेवा सञ्चालकहरुले तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.