सेवा दिनुपर्ने क्लिनिक, कोरोनाबाट असुरक्षाको कारण देखाउदै बन्द

नारायण न्यौपाने-पाल्पा, चैत्र ९-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रोक्न उचित सल्लाह, परामर्स तथा जानकारी दिइ आम नागरिकलाइ सहयोग गर्नुपर्ने दायित्वलाइ बिर्सेर पाल्पाका निजी क्लिनिकहरु सोमबार बाट बन्द गर्ने निर्णय गरिएको छ । क्लिनिकमा आएर संक्रमित ब्याति र संक्रमण नभएको ब्यातिले एक अर्कामा कोरोना सार्न सक्ने र त्यसबाट स्वास्थकर्मीलाइ जोखिम भएको भन्दै बन्द गर्ने निर्णय भएको नेपाल औषधी ब्याबसायि संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठले बताए । ‘हामि पनि सुरक्षित छैनौँ, कसरी काम गर्न सकिन्छ ? स्वास्थ्य कार्यलयले हामिलाइ बोलाएर सल्लाह गर्नु पर्दथ्यो वास्ता गरेन’ श्रेष्ठले भने, ‘इमरजेन्सी सेवा दिन सकिन्छ तर नियमित सेवा बन्द हुन्छ ।’

जील्लामा दर्ता भएर सञ्चालनमा रहेका क्लिनिक ५० वटा छन । दर्ता नभइ पनी क्लिनिकहरु सञ्चालनमा रहेको तर त्यसको सङख्या आफुलाइ एकिन नभएको श्रेष्ठले जानकारी दिए । उनले औषधी ब्याबसायीले बुटवलबाट औषधी पर्याप्त नदिएको तथा कोरोना भाइरस संक्रमणबाट रोक्नको लागि प्रयोग गरिने सेनेटाइजर, माक्स र मेडिकल पञ्जा समेत नभएको बताए ।

ब्यावसायी संघले जिल्ला प्रशाासन कार्यालयमा समेत बन्द गरेको निर्णय जानकारी गराएको छैन । आवस्यक नठानेर जानकारी नगरायको एक क्लिनिक सञ्चालकले बताए । यता प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले क्लिनिक बन्द हुने बारे आँफुलाइ जानकारी नभएको र त्यसो गर्न नपाइने बताए । ‘अत्यावस्यक सेवा अन्तर्गत पर्ने औषधि पसल बन्द गर्न पाइदैन, समस्या केही छ भने भन्नु पर्छ’ सुबेदिले भने, ‘आबस्यक कुरामा हामिले सघाउन तयार छौँ ।’ उनले औषधि तथा अन्य आवस्यक सामग्रीको ब्याबस्थापनमा सहयोग गर्न सकिने बताउदै सेवा सुचारु हुने बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.