बन्द क्लिनिक खोल्न सिडियोले दिएको निर्देशन टेरेनन् सञ्चालकहरु

नारायण न्यौपाने-पाल्पा, चैत्र १०-कोरोना भाइरसको संक्रमणबाट रोक्न उचित सल्लाह, परामर्स तथा जानकारी दिइ आम नागरिकलाइ सहयोग गर्नुपर्ने दायित्वलाइ बिर्सेर पाल्पाका क्लिनिकहरु सोमबार देखी बन्द गर्ने निर्णय भएपछी प्रमुख जिल्ला अधिकारीले सुचारु गर्न दिएको निर्देशनलाइ सञ्चालकहरुले अटेर गरेका छन ।

अधिकांस बन्दनै छन भने खोलिएका क्लिनिकको पनी धेरै भाग बन्द गरिएको छ । आइतवार बसेको नेपाल औषधी ब्याबसायी संघ पाल्पाको बैठकले क्लिनिकमा आएर संक्रमित ब्यातिm र संक्रमण नभएको ब्यातिmले एक अर्कामा कोरोना सार्न सक्ने र त्यसबाट स्वास्थकर्मीलाइ जोखिम भएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । बन्द गर्न भनेको सुचना लिएर समिती मेडिकलमा आएपछी बन्द गरेको भट्टराई मेडिकलकी सञ्चालक शारदा भट्टराईले बताइन ।
जील्लामा दर्ता भएर सञ्चालनमा रहेका क्लिनिक ५० वटा छन । अधिकांस क्लिनिकमा ब्यावसायीले निकालेको सुचना टाँसेर बन्द गरिएको छ । तर सुचनामा कुनै आधिकारीक ब्यातिmको हस्ताक्षर समेत छैन ।

सञ्चालनका लागि तपाँइले दिएको निर्देशन किन मानेनन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले नखोलेको भए अनुगमन गरेर कारवाही गरिने बताए । तर क्लिनिक सञ्चालकहरु आँफुलाइ पनी कोरोना लाग्ने भएकाले जसले जे भनेपनी खोल्न्न नसकिने बताएका छन । ‘हामिलाइ कोरोना लाग्दैन ?’ एक क्लिनिक सञ्चालकले भने, ‘खोल्नै परे पनी क्लिनिकमा बस्दिन, उपचार गर्दिन ।’

ब्यावसायी संघले जिल्ला प्रशाासन कार्यालयमा समेत जानकारी नगराइ क्लिनिक बन्द गरेका थिए । नयाँ पत्रिकाको अनलाइन संस्करणमा समाचार प्रकाशन भएपछी प्रमुख जिल्ला अधिकारी सुबेदीले औषधी ब्यावसायीलाइ कार्यकक्षमा बोलाएर क्लिनिक खोल्न निर्देशन दिएका हुन । ‘अत्यावस्यक सेवा अन्तर्गत पर्ने औषधि पसल बन्द गर्न पाइदैन, समस्या केही छ भने भन्नु पर्छ’ सुबेदिले भने, ‘आबस्यक कुरामा हामिले सघाउन तयार छौँ ।’ उनले औषधि तथा अन्य आवस्यक सामग्रीको ब्याबस्थापनमा सहयोग गर्न सकिने बताउदै सेवा सुचारु हुनेमा विश्वास ब्यातm गरे ।
औषधी ब्याबसायीले बुटवलबाट औषधी पर्याप्त नदिएको तथा कोरोना भाइरस संक्रमणबाट रोक्नको लागि प्रयोग गरिने सेनेटाइजर, माक्स र मेडिकल पञ्जा समेत नभएको बाहानामा क्लिनिक बन्द गरेका हुन । नेपाल औषधी ब्याबसायि संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठले बन्द गर्ने निर्णय भएपछी घर गएकाले सबै मेडिकल नखोलेको गैर जिम्वेवार तर्क दिए । ‘कसैको बिहे बर्तन परे होला अनी बन्द भए होला’, श्रेष्ठले भने, ‘बिस्तारै सबै खुल्लान नी मैले चाँहि खोलेको छु ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.