पाल्पामा कोरोनाको तयारी, १५ वटा मात्र आइसोलेशन बेड तर चिकित्सका लागि सामग्रीनै छैन

नारायण न्यौपाने-पाल्पा, चैत्र ११ -तानसेन नगरपालिकाले वडा नं ६ को जनपृय माबि बर्तुङमा क्वारेनटाइन बनाउदै छ । कती बनाउने भन्ने टुङगो छैन । ५ दिन पहिला सेन माबिमा बनाउने भने पनी भवन नपाएपछी जनपृयमा बनाउन लागिएको हो । तानसेनका अन्य केहि बिद्मालयमा पनी क्वारेनटाइन बनाउने तयारी छ ।
रामपुर नगरपालिका सँग एउटा पनी थर्मोगन छैन । उसले रामपुर अस्पतालमा ५ वटा बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको छ । क्वारेनटाइन निर्माणमा लागि केही बिद्मालय सँग छलफल भएको छ ।
बगनाशकाली गाउँपालिकाले गाँउपालिकामा प्रबेश हुने नाकामा थर्मोमिटरले यात्रुहरुको ज्वरो नापेको छ । क्वारेनटाइन र आइसोलेसनका लागि कुनै तयारि छैन ।
रिब्दिकोट गाउँपालिकाले क्वारेनटाइन र आइसोलेसनका लागि कुनै तयारी गरेको छैन । थर्मोगन पनी छैन ।
तिनाँउ गाउँपालिकाको बुटवल बाट पाल्पा प्रबेश गर्ने सिद्दार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय र गोरखदल गण पाल्पाको समन्वयमा यात्रुको चेक जाँच गरेको छ । गाउँपालिकाले क्वारेनटाइन र आइसोलेसनका लागि कुनै छलफल समेत गरेको छैन ।

रैनादेबि छहरा गाउँपालिका सँग २ वटा थर्मोगन छन । उसले पालिकामा भित्रिने यात्रुहरुलाइ चेक गरेको छ । पालिका नजिकको ४ कोठे भवनमा क्वारेनटाइन बनाइदै छ ।
माथागडि गाउँपालिकाले क्वारेनटाइनका लागि किसान माबि र आइसोलेसनका लागि रुप्से स्वास्थ्य चौकीमा तयारी गर्ने निर्णय गरेको छ । कुनै पनी सामग्री नपाएका कारण अलमलमा छ ।
पुर्वखोला गाउँपालिकाले क्वारेनटाइन र आइसोलेसनका लागि कुनै तयारी गरेको छैन ।

रम्बा गाउँपालिकाले क्वारेनटाइन र आइसोलेसनका लागि कुनै तयारी गरेको छैन । सामान किन्ने तयारी गरेको छ ।

निस्दी गाउँपालिकाले क्वारेनटाइन र आइसोलेसनका लागि कुनै तयारी गरेको छैन ।
जिल्ला भित्र र बाहिर जाने अत्याबस्यक बाहेकका सवारी साधन चलेका छैनन् । पसल ब्यासाय बन्द छन । उध्योग बाणिज्य संघले बिज्ञप्ती निकालेर अत्याबस्यक सेवा बाहेकका पसल बन्द गर्न भनेको छ । सबै पालिकाले उपलब्ध स्रोत साधनको प्रयोग गरि हेल्थ डेस्क बनाएका छन । उनिहरु सामग्रीको अभाव भएपनी जनचेतना मुलक कार्यक्रम भने गरेका छन ।
मिशन अस्पतालमा ३ वटा आइसोलेशन बेड छ तर एउटा पनी थर्मोगन छैन । लुम्बिनी मेडिकल कलेजमा १० वटा बेड छ तर उपचारमा संलग्न चिकित्सकका लागी प्रयाप्त सामग्री छैन, । सँक्रमणको संका भएका बिरामी आए भाग्नु पर्ने अवस्था रहेको निर्देशक डा.राजु शाक्यले बताए । ‘तालिम प्राप्त चिकित्सक छन तर उपकरण छैन’,शाक्यले भने ‘कसरी काम गर्ने भन्ने समस्या छ ।’ मेडिकल कलेजमा २ वटा थर्मोगन छ । जिल्ला अस्पतालमा १४ वटा बेड छन तर कुनै सामग्रीनै छैन । तन्ना मात्रै बिछ्याएर कोरोनाको उपचारका लागी भन्दै आइसोलेशन बेड भनिएको छ । स्वास्थ कार्यलय प्रमुख बिश्व न्यौपानेले कुनै सामग्रीनै नभएको बेडलाइ आइसोलेशन बेड छ भनेका छन । २ वटा थर्मोगन छन । रामपुर अस्पतालमा २ वटा आइसोलेशन छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.