दिनमा निषेधाज्ञा, साँझ परेपछी प्रवेशआज्ञा

नारायण न्यौपाने-पाल्पा, चैत्र ११-जिल्ला प्रशासन कार्यालय पाल्पाले मन्त्री परिषदको निर्णय अनुसार कोरोनाको जोखिम नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा अनुसार जिल्लामा अत्याबस्यक सेवा बाहेकका सबै संघ संस्था पसल ब्यावसाय बन्द गर्ने आदेश जारी ग¥यो । यो लक डाउन थियो । संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको निर्णय भएको हो ।

लकडाउनको अवस्थामा अत्यावश्यक सेवाका सवारीसाधन अनुमति लिएर सञ्चालन हुन पाउँछन । यसमा दिन या रात भन्ने हुँदैन । पाल्पामा भने दिनमा अति निगरानी सहित प्रशासनले सवारी पास दिएको थियो तर त्यो साँझ परेपछी हराएको छ । दिनभरी नियन्त्रण गरिएको सवारी साधनहरु बिना अनुमती हुँइकिएका छन । दोभानमा थर्मोगनले ज्वरो हेरेर प्रहरीले सबै सवारी छोडेको छ । ‘आजलाइ जान दिने भनिएको छ’, एक प्रहरी जवानले भने, ‘ज्वरो हेरेर पढाइएको छ ।’ दिउसोमा संक्रमण जोखिम बढ्ने र साँझ परेपछी नहुने जस्तो बुझाइ सवारी नियन्त्रणको रणनितीमा देखिएकोमा धेरैले चिन्ता ब्यातm गरेका छन । ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले हिँडिसकेकोलाइ गन्तब्यमा पुग्नका लागी केही खुला गरिएको बताए ।
टिप्परहरु चलिरहेको र त्यसमा भैरहवा बाट समेत भारतीय मुलका मानिसहरु आएकाले पाल्पालीहरुमा थप चिन्ता छ ।

प्रशासनको आदेश अनुसार स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउँछन । खाद्य वस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काममा जान पाउनेछन ।

संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पु(याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.