बगनासकाली गाउँपालिका अध्यक्षले प्रहरीलाइ माक्स दिए

नारायण न्यौपाने-पाल्पा, चैत्र १२, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जिल्ला प्रहरी कार्यालय पाल्पालाइ बुधवार बिहान माक्स प्रदान गरेका छन । उनले जिल्ला प्रहरी प्रमुख दिपेन्द्र जिसीलाइ कार्यालय परिशरमा भेटेर २ सय थान माक्स दिएका हुन । प्रहरी यो बेलामा धेरै जनाको सम्पर्कमा रहनु पर्ने र त्यसबाट कोरोना भाइरस सँक्रमणको जोखिम भएकाले सहयोगका लागि मास्क प्रदान गरेको अध्यक्ष बस्यालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपेन्द्र जिसीले माक्स ग्रहण ग्रर्दै यस्तो परिस्थीतिमा सहयोग गरेकोमा अध्यक्ष बस्याललाई धन्यवाद दिए । उनले फिल्डमा खटिरहेका प्रहरी सहकर्मीहरुलाइ माक्स बितरण गर्ने बताए ।
यो पनि पढ्नुहोस

प्रशासन कार्यालय पाल्पाले मन्त्री परिषदको निर्णय अनुसार कोरोनाको जोखिम नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा अनुसार जिल्लामा अत्याबस्यक सेवा बाहेकका सबै संघ संस्था पसल ब्यावसाय बन्द गर्ने आदेश जारी ग¥यो । यो लक डाउन थियो । संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको निर्णय भएको हो ।

प्रशासनको आदेश अनुसार स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउँछन । खाद्य वस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काममा जान पाउनेछन ।
संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पु(याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.