मुलकभर लकडाउनले ५० प्रतिशतले इन्टरनेटको खपतदर बढ्यो,

मुलक लकडाउन भएपछि इन्टरनेटको खपत सामान्य अवस्थाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ । सबै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा उच्चतम् वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ इस्पानले जनाएको छ ।

यसैकारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सकेसम्म कम इन्टरनेटको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । कोरोना भाइरस कोभिड १९को जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरेपछि धेरैले समय कटाउन इन्टरनेटको सहारा लिइरहेका छन् ।

यसका कारण ‘ब्यान्ड विथ’को माग धान्न हम्मेहम्मे परेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् ।इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट खपतको दर बढ्दो रहेको बताउँछन् । उहाले यही दरमा खपत बढ्दै गए माग धान्न नै समस्या हुने बताउनुभएको छ ।अहिले कार्यालयहरु बन्द हुँदा सेवा प्रदाकयलाई माग अनुसार खपत व्यवस्थापन गर्न केही सहज भने भएको छ ।

उनले जोखिमका कारण घरघर गएर मर्मत गर्ने काम बन्द गरिएकाले घरभित्रको राउटर लगायतका इन्टरनेट डिभाइस चलाउँदा सचेत हुन आग्रह गर्नुभयो । घरघरमा पुगेर गरिने मर्मत रोकिए पनि फाइबरमा देखिएको समस्या समाधानका लागि टोली परिचालन गरिएको भट्टले बताउनुभयो ।इस्पानले सकेसम्म सूचनाका लागि मात्रै इन्टरनेट चलाइदिन आग्रह गरेको छ । भिडियो हेर्न, डाउनलोड र अनलाइन गेम खेल्ने लगायतमा इन्टरनेट प्रयोग नगर्न समेत इस्पानले आग्रह गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकले अहिले संक्रमणको जोखिमले घरघर गएर इन्टरनेट मर्मतको काम गर्न सकिने अवस्था नरहेको पनि बताएको छ । तर अनलाइनमार्फत मर्मतका लागि गर्न कन्जुस्याइँ नहुने अध्यक्ष भट्टले बताउनुभयो ।उपभोक्ताहरुलाई बिल भुक्तानीका लागि अनलाइन पेमेन्टका सुविधा प्रयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.