गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा ४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी जिल्लाको छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा ४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.