पाल्पामा क्वारेनटाइनका लागि १ सय ५९ बेड बने, थप बनाउने तयारी

नारायण न्यौपाने,पाल्पा-बिश्वभर फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको निर्देशन अनुसार पाल्पामा पनी सतर्कतका लागि काम भैरहेका छन । स्थानिय तहका जनप्रतीनिधि, कर्मचारीले स्थानियको सहयोगमा क्वारेनटाननका लागि बेडहरु तयार पारेका छन । सरकारले भने अनुसार काम गरिरहेको र जनताको स्वास्थ्य सुरक्षाका लागि खटिरहेको बगनासकाली गाँउपालिकाका अध्यक्ष कृश्ण बस्यालले बताए । उनले भने, ‘मैले आज प्रहरीलाइ माक्स पनि बितरण गरे, आफ्नो जोखिम पनी छदैछ तर यि हेर्नुस सबैको सहयोगमा काम गरिएकै छ ।’ यता रिब्दीकोट गाउँपाकिाका प्रशासकीय अधिकृत रिसि अर्जेलले क्वारेनटाइन निर्माण संगै जनचेतना मुलक अभियानलाइ पनि तिब्रता दिएको बताए । उनले भने,‘ हामिले सँक्रमण भैहाल्यो भने त्यती ठुलो भुमिका गर्न सक्दैनौँ, त्यसैले माइकिङ गरेर जेतना जगाउने काम बढि गरेका छौँ ।
कुन स्थानिय तहमा कति क्वारेनटाइन बने?

तानसेन नगरपालिकाले वडा नं ६ को जनपृय माबिमा १५ बेडको क्वारेनटाइन निर्माण गरेको छ । त्यस्तै तानसेनको बाल मन्दिरमा ४ वटा क्वारेनटाइन प्रहरीले निर्माण गरेको छ ।
रामपुर नगरपालिकामा बाल कल्याण प्राथमिक बिद्मालयमा २० बेडको क्वारेनटाइन निर्माण कार्य गरेको छ ।

बगनाशकाली गाउँपालिकाले चन्द्र माबि र ग्राम्य माबिमा गरी २० बेडको क्वारेनटाइन निर्माण गरेको छ ।

रिब्दिकोट गाउँपालिकाले खस्याउलीको पुरानो हेल्थ पोस्ट मा क्वारेनटाइनका लागि ४ वटा बेड निर्माण गरेको छ । सरस्वती माबिमा ५० बेडको तयारी छ ।
तिनाँउ गाउँपालिकाको दोभान माबिमा १० बेडको क्वारेनटान बनाइएको छ ।

रैनादेबि छहरा गाउँपालिकामा पुरानो छहरा स्वास्थ चौकिमा ५ बेडको क्वारेनटाइन बनाइएको छ ।

माथागडि गाउँपालिकाले सराइको दिब्यज्वती माबिमा १५ बेडको र किसान माबिमा १६ बेडको क्वारेन टाइन निर्माण गरेको छ ।

रम्बा गाउँपालिकाको ताहुँ स्थित रम्भा माबिमा ५० बेडको क्वारेनटाइन बनेको छ ।

पुर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकाले क्वारेनटाइन निर्माणका लागि तयारी गरेका छैनन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.