नियमित मेडिकल चेक जाँच गर्ने बिरामीलाइ लक डाउनले समस्या

नारायण न्यौपाने-पाल्पा, चैत्र १३-पुर्वखाोला गाउँपालिका २ लाँभे बाट ज्ञानुमाया आफ्नी २५ बर्षिय छोरी जस्मीनलाइ एम्बुलेन्स नपाएपछि महङगोमा गाडि रिजर्व गरेर बुटवल स्थित गौतम बुद्द मुटु अस्पतालमा डाइलाइसिसका लागि हिंडिन । जस्मिनले त्याँहा नियमीत डाइलासिस गर्ने गर्थिन । उनिहरुलाइ प्रहरीले दोभानमा रोक्यो र बिकल्पमा उनी तानसेनमा रहेको गौतम बुद्द मुटु अस्पतालको शाखामा आए । शाखामा पुगेपछी उनको फाइल रेकर्ड बुटवल भएकाले तानसेनमा डाइलाइसिस गर्न समस्या हुने अस्पताल इन्चार्ज उर्वसी फौजाले जानकारी गराइन । फौजाले भनिन,‘ वाहाको अहिलेसम्मको सबै रेकर्ड नै उहि बुटवलमा छ याँहा गर्दा मेसिन पनी अर्को चाहिन्छ, पैसा पनि बढि खर्च हुन्छ म रेफर कागज बनाएर बुटवल पढाउन लागेकी छु ।’

बुटवल पुग्न करिब ५ किलोमिटर दोभानबाट तानसेन पर्किएकी उनि फेरी बुटवल जानका लागि रिजर्व गरेको गाडिले धेरै हिंडिसकेको भन्दै जान मानेन । ‘खै के हो केहो समस्या छ भन्ने त हामिलाइ पनी थाहा छ’, ज्ञानुमायाले भनिन,‘अब साँझ पर्न थाल्यो अर्को गाडि खोजेर कति बेला पाइन्छ जाने कसरी हो ।’ उनले गाडिका लागि मात्रै १२ हजार खर्च भएको बताइन । जस्मीनले गत साउन देखी डाइलाइसिस गराउदै आएकी थिइन ।

लुम्बिनी मेडिकल कलेज र गौतमबुद्द मुटु अस्पतालमा गरी तानसेनमा एक सातामा २४ जनाको डाइलाइसिस हुन्छ । मेडिकल कलेजका निर्देशक डा.राजु शाक्यले कलेजमा नियमित आउने बिरामीले फोन गरेर सवारी नपाएका कारण बिरामी आउन नसकेको र एम्बुलेन्स पढाउन भनेको बताए । उनले भने, ‘याँहा नै कोरोनाको कारण ब्याबस्थापन गारो छ उनिहरुलाइ कसरी ब्यावस्था गर्ने ?

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.