औषधी लिन नेपाल एअरलाइन्सको जहाज चीन जाँदै

नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो ।

औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ ।

जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिनुभयो । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन् । स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने उहाँले बताउनुभयो ।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.