फुटबलको अर्थतन्त्र जोगाउने बिषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा सहित फुटबलका विभिन्न निकायका पदाधिकारीबीच फुटबल र त्यसको अर्थतन्त्र जोगाउने विषयमा छलफल भएको छ ।विश्वब्यापी संकटकाबीच फिफा, युरोपियन क्लब एसोसियसन र खेलाडीहरुको संस्था फिफ्प्रोका पदाधिकारीबीच कोरोना भाइरसका संक्रमण र त्यसले बढाएको त्रासका कारण ठप्प भएको फुटबल गतिविधिलाई जोगाइराख्न खेलाडीको पारिश्रमिक घटाउने लगायत विषयमा छलफल भएको हो ।

फिफाले एक हप्ताभित्र यसबारेमा निर्णय गर्नेछ । यस्तै खेलाडीको सम्झौताका बारेमा पनि निर्णय हुनेछ । क्लबले खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गर्ने अवस्था नभएको तथा क्लबका लागि लगानी भित्र्याउने अवस्था पनि नभउकाले यसअघि कै श्रोतबाट संचालन हुनुपर्ने अवस्थामा नयाँ विकल्पहरुबारे छलफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फुटबल अर्थतन्त्रमा संलग्न पक्षहरु, फिफा, खेलाडी, प्रशारणकर्ता, प्रायोजक सबैलाई लगानीका लागि केही समय लाग्नेछ । अहिलेको सिजनको अन्त्य कहिले हुन्छ भन्ने पनि टुँगो लागिनसकेको अवस्थामा समस्याको समाधान कसरि निकाल्ने भन्नेमा सवैको ध्यान केन्द्रित भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.