कोरोना संक्रमण संभावित बिरामीलाइ मेडिकल कलेजले एम्बुलेन्सबाटै फर्काइदियो

नारायण न्यौपाने-पाल्पा, चैत्र १५-तानसेन स्थित लुम्बिनी मेडिकल कलेजले कोरोना संक्रमणको लक्ष्यण देखिएका बिरामीलाइ एम्बुलेन्समै सोधपुछ गरी फर्काइदिएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोकका २० बर्षिय दामोदर कुमाललाइ कलेजले घरमा एक्लै बस्न र अन्त ननिस्कन भन्दै फर्कादिएको हो । ‘मलाइ ज्वरो आएको थियो, खोकी लागेको छ, थकान महसुुस हुन्छ भनेपछी छिमेकीले अस्पताल जान भने अनि आएको हुँ’, कुमालले भने, तर अस्पतालले एम्बुलेन्सबाट नझर्नुस भनेर टाढैबाट ज्वरो नाप्यो, घरमा गयर बस्न भन्यो, आमा संग औषधी दिएर पढायो ।’ उनी भारतको मुम्बैबाट – गोरखपुर, सुनवलबाट माइक्रोमा बुटवल र बुटवलबाट पोखारा जाने नाइट बसमा चैत्र ९ गते पोखराथोक घर आएका थिय ।

कोरोना संक्रमण संभावित बिरामीलाइ मेडिकल कलेजले आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा घरमा पढाएकोमा सरोकार वालाहरुले दुख ब्यातm गरेका छन । तर मेडिकल कलेजका निर्देशकले भने चेकजाँच गरी औषधी दिएर पढाएको बताए । उनले भने,‘ परिस्थिती त्यस्तो परेर होला एम्बुलेन्सबाट फर्काएको तर मलाइ त्यसो गरिए जस्तो लाग्दैन, डा. पुजन ड्यूटिमा हुनुहुन्थ्यो अहिले वाहासँग सम्पर्क भएको छैन ।’

बिरामीलाइ एउटी नर्सले टाढैबाट एम्बुलेन्समै हेरर उनकी आमा सँग औषधी पढाइदिएको एम्बुलेन्स चालक नारायण जिसीले बताए । उनले भने,‘ बिरामीलाइ पिसाव लागेर झर्छु भनेका थियो तर पर बाटोमा गएर गरे हुन्छ भनेर बाटोमा पिसाव गर्न झारेको हुँ ।’

सम्बन्धित खवर
3 Comments
  1. विन्त घर्ती मगर says

    यदि याे समाचार र घटना सत्य हाे भने लुम्बिनी मेडिकल कलेजकाे व्यवहार गैरजिम्मेवार हाे । यसलेे मेडिकलकलेज प्रति जनताकाे अविश्वास टुट्दै जाने छ । संकटमा दृश र जनतालाई वेवास्ता गर्ने नीजि क्षेत्रद्वारा संचालित सबै मेडिकल कलेजहरु सरकारलृ तत्काल राष्ट्रियकरण गर्ने अाँट गर्नुपर्दछ ।

  2. min bahadur saru says

    हस्पिटल मा बिमार निकोपार्नको लागिगइन्छ ,तर जुन किसिमको बिमारिलाई बेभार गर्यो हस्पिटलले यक्दमै निन्दनिय र गयर जिम्मेवारी पुर्णबेभार गरेकोमा खेदव्यक्त गर्दछु !

प्रतिकृया

Your email address will not be published.