कोरोना संक्रमण संभावित बिरामीलाइ मिशनले नल्याउनु भन्यो, मेडिकल कलेजले एम्बुलेन्सबाटै फर्काइदियो

नारायण न्यौपाने-पाल्पा, चैत्र १६-तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा फोन गरेर ज्वरो आएको र रुघाखोकीको बिरामी आँउदैछ भनेर गाउँपालिकाका स्वास्थ्यकर्मीले जानकारी गराउदा अस्पतालले ‘याँहा ल्याउने हैन, हामि हेर्दैनम’ भन्ने गैरजिम्वेवार अभिब्यातिm दिएको बगनासकाली गाँउपालिकाका स्वास्थ्य संयोजक मनिराम अधिकारीले बताए ।

कोरोना संक्रमणको लक्ष्यण देखिएका बिरामीलाइ उपचारका लागि बिकल्पमा लुम्बिनी मेडिकल कलेज लगियो, कलेजले एम्बुलेन्समै सोधपुछ गरी फर्काइदियो । बगनासकाली गाउँपालिका २ पोखराथोकका २० बर्षिय दामोदर कुमाललाइ कलेजले घरमा एक्लै बस्न र अन्त ननिस्कन भन्दै फर्कादिएको हो । ‘मलाइ ज्वरो आएको थियो, खोकी लागेको छ, थकान महसुुस हुन्छ भनेपछी छिमेकीले अस्पताल जान भने अनि आएको हुँ’, कुमालले भने, तर अस्पतालले एम्बुलेन्सबाट नझर्नुस भनेर टाढैबाट ज्वरो नाप्यो, घरमा गयर बस्न भन्यो, आमा संग औषधी दिएर पढायो ।’ उनी भारतको मुम्बैबाट – गोरखपुर, सुनवलबाट माइक्रोमा बुटवल र बुटवलबाट पोखारा जाने नाइट बसमा चैत्र ९ गते पोखराथोक घर आएका थिय ।

कोरोना संक्रमण संभावित बिरामीलाइ मेडिकल कलेजले आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा घरमा पढाएकोमा सरोकार वालाहरुले दुख ब्यातm गरेका छन । तर मेडिकल कलेजका निर्देशकले भने चेकजाँच गरी औषधी दिएर पढाएको बताए । उनले भने,‘ परिस्थिती त्यस्तो परेर होला एम्बुलेन्सबाट फर्काएको तर मलाइ त्यसो गरिए जस्तो लाग्दैन, डा. पुजन ड्यूटिमा हुनुहुन्थ्यो अहिले वाहासँग सम्पर्क भएको छैन ।’

बिरामीलाइ एउटी नर्सले टाढैबाट एम्बुलेन्समै हेरर उनकी आमा सँग औषधी पढाइदिएको एम्बुलेन्स चालक नारायण जिसीले बताए । उनले भने,‘ बिरामीलाइ पिसाव लागेर झर्छु भनेका थियो तर पर बाटोमा गएर गरे हुन्छ भनेर बाटोमा पिसाव गर्न झारेको हुँ ।’
बिरामीलाइ एम्बुलेन्सबाटै फर्काएको घटना प्रती प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन । ‘हामिले शनिवार दिउसो अनुगमन गरेका थियौँ तर बेलुका यस्तो गरेछन’, सुवेदीले भने, ‘यस्तो गर्ने छुट छैन ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.