अण्डाबाट बनाइन्छ खोप, के कोरोना भाइरसको खोप पनि सम्भव छ?

वासिंटन : थोरै मान्छेलाई मात्रै थाहा छ कि, कुखुराहरु कहाँ राखिन्छ रु तिनको स्थान राष्ट्रिय सुरक्षाको कारण गोप्य राखिन्छ । हरेक दिन ती कुखुराको दशौँ हजार अण्डा भण्डार गरिन्छ ।जुन लाखौँ सरकारी अनुदानको रकमबाट तयार सुरक्षा संरचनाबाट संरक्षित गरिएको हुन्छ । संसारका वैज्ञानिकहरु यसको उपचार विधि खोज्न प्रतिष्पर्धा गरिरहँदा अमेरिकामा भएको अण्डाको भण्डारणले यसमा कुनै काम गर्दैन ।

अण्डामा प्रसस्त पैसा खर्च भएको छ । तर हरेक वर्ष अमेरिकाले फ्लुका लागि अस्पताल र उपचारमा १० दशमलब ४ बिलियन डलर खर्च गर्छ । र अण्डा मात्रै फ्लुका खोप बनाउन उपयोगी हुँदैनन् । अन्य बिमारका लागि खोप बनाउन पनि तिनको प्रयोग गर्न सकिन्छ ।कोरोना भाइरस विश्वव्यापी महामारीको फैलिरहँदा धेरैलाई लाग्ला, अण्डाबाटै खोप बनाउन सकिँदेन र रु वैज्ञानिक र विश्वभरका सरकारहरु खोप विकासका लागि प्रतिष्पर्धारत छन् । तर अण्डा यसको उपाय हुन नसक्ने बताउँछन् हंगकंग युनिभर्सिटीका प्राध्यापक जोन निकोल्स ।भिन्न प्रकृति र अन्य गुणका कारण कोरोना भाइरसले अण्डाभित्र अन्य भाइरसले झैँ काम गर्न सक्दैन ।

खोप निर्माणको लागि लाग्ने ६ महिनाको अवधि ढिलो हुनु पनि अन्य विकल्प खोजी गर्ने एक कारण बताइन्छ । अर्को कारण भनेको आपुर्ति जोखिमपूर्ण हुने गर्छ । यस्तो महामारीका बेला विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले कोरोनाको खोप बनाउन १२ देखि १८ महिना लाग्ने बताएका छन् ।यस्तै चरण २ मा सयौं मानिस सहभागी हुन्छन् । जसको लागि ६ देखि ८ महिनासम्म लाग्छ । कम्तिमा एउटा चरणको एउटा परीक्षण अमेरिकामा सुरु भएको छ । मार्च १७ मा एक सहभागीलाई यो परीक्षण गरियो । ६ हप्ता भन्दा बढी हरेक सहभागीलाई एक महिनाको अन्तरमा दुई फरक इन्जेक्सन दिइन्छ । वैज्ञानिकहरु भन्छन्, कोरोना भाइरसबारे थाहा नभएका धेरै कुरा छन् ।

९सिएनएनबाट०

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.