एम्बुलेन्सममा जाँचे झै गरेर बिरामी त फर्काइयो तर बिमा गरेकाको पैसा लिने मेडिकल कलेजले पैसा फर्काउला ?

नारायण न्यौपाने ,पाल्पा-कोरोना संक्रमणको लक्ष्यण देखिएका बगनासकाली गाउँपालिका २ पोखराथोकका २० बर्षिय दामोदर कुमालको स्वास्थ्य बिमा छ । उनलाइ ओपिडी बन्द भएपछी इमरजेन्सीमा उपचार हुनुपर्दथ्यो वा जरुरी बिरामी नठानेको भए अर्को दिन बोलाउनु पर्दथ्यो कलेजले यो सबै गरेन र एम्बुलेन्समै ज्वरो हेरेर आमा सँग आषधी दिएर पढायो । ‘बिमा कार्ड छ भन्दा अहिले चल्दैन भनेर म सँग टिकटको ८० रुपिँया र औषधीको ९ सय ५ रुपियाँ लिएर पढायो,’ कुमालकी आमा साबित्राले भनिन, ‘गरिव भनेर हेपेको त होला नी, न भित्र लयर चेक गरे न रोग बताय ।’

तर स्वास्थ बिमा वोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले त्यस्तो अवस्थामा बिमाले काम गर्ने बताए । मेडिकल कलेजका सुचना अधिकारी कृश्ण पराजुलीले आँफुलाइ बस्तु स्थिती थाहा नभएकोले यस बारेमा बोल्न नसक्ने बताए । मेडिकल कलेजले आँफुले कोरोनको संका लागेर आफु असुरक्षीत भएर उपचार नगरेको घटना क्रमले स्पष्ट देखाउँछ जुन सिचुयसनका कारण थप इमरजेस्सी केस हो । इमरजेन्सी केसमा बिमाले बिमा लागु भएका सबै अस्पतालमा काम गर्दछ तर मेडिकल कलेजले बिरामीलाइ त्याँहाबाट छिटो धपाउने बाहेक अरु सोँचेन याँहासम्मकी पिसाव फेर्न समेत झर्न दिइयन । कलेजका निर्देशक डा. राजु शाक्यले यसलाइ इमरजेन्सी रुपमा बिरामीले मात्रै लिएर नहुने बताए । ‘हुन त यसको सिचुयसन अल्ली फरक छ हुन पर्ने पनी हो तर भयनछ,’उनले भने, ‘परिस्थिती जटिल थियो ।’

यसैबिच कुमाललाइ उपचार नगरी एम्बुलेन्सबाटै फर्काएको लुम्बिनी मेडिकल कलेज तानसेनले आइन्दा यसो नगर्ने भन्दै माफि मागेको छ । आँफुलाइ ड्यूटिमा भएका डा. पुजनले गलत जानकारी दिएको कारण यसो हुन गएको कलेजका निर्देशक डा. राजु शाक्यले बताए । ‘मलाइ ठुलो भ्रम भयो त्यसो नगर्नु पर्दथ्यो हामी माफी माग्दछौँ,’ शाक्यले भने, हामि बैठक बसेर निर्णयनै गरेका छौँ अव जस्तो सुकै बिरामी आएपनी उपचार नपाएका कारण याँहाबाट जानु पर्दैन ।’ नयाँ पत्रिकाले एम्बुलेन्सबाट बिरामी फर्काइएको अडियो प्रमाण छ भनिरहँदा समेत शाक्यले, मेरो कलेजको कुरा मलाइ थाहा हुन्छ, बिरामीलाइ त्यसरी फर्काइएको छैन, तपाइले ड्यूटिमा भएको डा. संग कुरा गर्न मिल्दैन, उपचार गरेर पढाइएका छौँ भनेर झर्किएका थिय ।’
समाचार प्रकाशन भएपछी मेडिकल कलेजको ब्यावहारमा जिल्लावासीले आपत्ति जनाएका थिए । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले टेलिफोन सम्पर्क गरेर यसो नगर्नु भन्ने चेतावनी दिएपछी मेडिकल कलेजको आकस्मीक बैठकले घटना बारे समिक्षा गरी पैमुख जिल्ला अधिकारी सहितको बैठकमा गल्ती भएको स्वीकार गर्दे माफि मागेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.