कुकुरमा पनि कोभिड–१९ को संक्रमण

विश्वभरका मानिसहरुलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा समेत भेटिएको छ । हङकङमा १७ वर्षको एक कुकुरमा पहिलोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।हङकङको एनिमल वेलफेयर अथोरिटीका अनुसार उक्त कुकुरको रगतबारे गरिएका परीक्षणको अन्तिम नतिजाले कोरोना भाइरस रहेको पुष्टि भएको हो ।एग्रिकल्चर, फिसरिज एण्ड कन्जरर्भेसन डिपार्टमेन्ट एएफसीडीका प्रवक्ताले यस किसिमको घटना असमान्य भएको बताएका छन् ।

किनकी, हङकङका अधिकांश जनावरमा कोरोना भाइरसको परीक्षण नेगेटिभ आएको थियोएएफसीडीका अनुसार विस्तृत रुपमा गरिएको परीक्षणबाट कुकुर र बिरालोमा कोरोना भाइरसको संक्रमण त्यति सजिलै नहुने देखिएको छ । साथै उनीहरुले अन्य जनावर तथा मानिसमा यो भाइरस सार्नसक्ने कुनै प्रमाण पनि नभेटिएको बताएका छन् ।१७ वर्षको बेन्नी नाम गरेको उक्त कुकुर अहिले कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको छ । फेब्रुअरी २६ देखि यो कुकुरलाई पनि क्वारेन्टाइनमा राखिएको थियो ।

धेरैपटक गरिएको परीक्षणमा पनि कोरोना भाइरसको कमजोर संक्रमण सो कुकुरमा देखिएको थियो ।कोरोना भाइरसबाट निको भएर घर फर्केको तीनदिनपछि कुकुर मरेको बताइएको छ । द साउथ चाइना मर्निङ पोष्टमा उल्लेख गरिए अनुसार मेडिकल स्रोतले कुकुर मर्नुको कारण उसको उमेर र उसले सामना गरिरहेको अन्य बिरामी रहेको बताएका छन् ।

बेन्नीलाई क्वारेन्टाइनमा राख्दा मार्च ३ मा एएफसीडीले रगतको नमुना लिएको थियो । सुरुमा कुकुरमा भाइरसको संक्रमण नदेखिएपनि हङकङ विश्वविद्यालयमा रहेको डब्ल्युएचओको रेफरेन्स ल्याबमा यसको परीक्षण गरिएको थियो। परीक्षणपछिको अन्तिम नतिजा पोजेटिभ पाइएको थियो । यो नतिजा गत बिहीबार एएफसीडीले सार्वजनिक गरेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.