प्रियंका र आयुष्मानको विवाह तस्विर सार्वजनिक

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले लगनगाँठो कसेका छन् । शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । आजै साँझ उनीहरुले रिसेप्सन पार्टी पनि दिँदैछन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् । कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले फागुन १६ गते विवाह गरेका हुन् नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चामा रहने यो जोडीले लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। फागुन १५ गते कोर्ट म्यारिज गरेको यो जोडीले १६ गते भव्य रुपमा विवाह गरेका थिए ।

दुवैको विवाह र रिसेप्सन पार्टीमा नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको थियो। दुवैले सामाजिक संजालमा आफ्नो विवाहको तस्विर सार्वजनिक गरेका थिए। विवाहमा नजिकका सेलिब्रेटी र परिवारलाई निम्ता दिएकी प्रियंकाले रिस्पेसन पार्टीमा भने चलचित्र क्षेत्रका दर्जनौ सेलिब्रेटीलाई निम्ता दिएकि थिइन् ।

गत वर्ष नै टिकाटालो गरेका प्रियंका र आयुष्मान गएको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाहको मिति सरेको थियो । प्रियंकाले अब यस वर्ष विवाह नहुने बताउँदै आएकी थिइन् । अन्ततः यसै वर्ष आयुष्मान र प्रियंकाले अग्नीलाई साक्षी राखेर जीवनभर एकअर्कालाई साथ दिने वाचा गर्दै श्रीमान्(श्रीमती भएका छन् ।

फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो । प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएपछि उनीहरुले पनि कहिल्यै लुकाउन आवश्यक ठानेनन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा उनीहरु एकअर्कासँगै पुग्थे । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक फिल्ममा पनि सँगै काम गरिसकेको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.