सुनको भाउ अहिलेसम्मकै नयाँ कीर्तीमान

सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.