पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बस्दै आएको घरमा बम बिस्फोट भएको छ ।मनोहरा फाँट नजिकै निर्माणाधीन घरको पर्खालमा आज बिहान प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट घरको पर्खालमा क्षति पुगेको भक्तपुरका प्रहरी प्रमु एसपी सविन प्रधानले जानकारी दिए ।बिष्फोटबाट घरको झ्यालका सिसाहरु फुटेका छन् भने छिमेकीको घरमा समेत क्षती भएको बताइएको छ । बिस्फोट स्थलमा यत्तिखेर सर्वसाधारणहरुको भिड लागेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ ।

विस्फोट कस्ले गराएको हो खुलिसकेको छैन । घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ ।आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.