कोरोना प्रभाव बाट अमेरिकामा देशव्यापी संकटकाल धोषणा

कोरोना भाइरस कोभिड–१९ को प्रकोप बढेपछि अमेरिकाले देशव्यापी संकटकाल घोषणा गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकामा आगामी आठ हप्ता गम्भीर हुने बताउनुभयो ।

संकटकाल घोषणा गरेपछि अमेरिकाको संघीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ । अमेरिकामा अहिलेसम्म कोरोनाको संक्रमणबाट ५० जनाको ज्यान गएको छ भने २३२९ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको कोरोनाको प्रकोप नियन्त्रणका लागि अमेरिकाका विभिन्न राज्यले विभिन्न उपाय अपनाइरहेका छन् । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.