पाल्पा बुटबल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने

पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिन लागेको हो । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ७ बजे देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ देखि ११ बजेसम्म सडक बन्द गरेर काम गरिनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.