रगतको अभाव हुन नदिन काठमाण्डौ उपत्यकामा घरदैलो रक्तदान अभियान

ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदान ले रगतको अभाव हुन नदिन काठमाण्डौ उपत्यकामा घरदैलो रक्तदान अभियान गरिरहेको छ ।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण मानिस घरमै बस्न थालेपछि रगत अभाव नहोस् भनेर घरदैलो रक्तदान अभियान गरिरहेको ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले बताउनुभयो ।

गएको शुक्रबारदेखि सुरु गरिएको अभियानको क्रममा मङ्गलबारसम्ममा दुई सय ८९ पिन्ट रगत सङ्कलन गरिएको छ । सङ्कलन गरिएका रगत ब्लोदानले ब्लड बैंकमा पठाउनेछ ।सरकारले नै अति आवश्यक बाहेकका शल्यक्रिया अहिले नगर्न निर्देशन दिए पनि नियमित डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्दा रगतको समस्या हुने गरेको हो ।

सामान्यतया अरु बेलामा तीन सय ५० देखि चार सय पिन्ट रगत माग हुने गरेकोमा अहिले भने माग घटेको छ ।ब्लोदानले बुधबार पनि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रगत सङ्कलन गर्ने जनाएको छ । विदेशबाट तीन हप्ताभन्दा अघि आएकाहरुलाई भने रक्तदान नगर्न पनि ब्लोदानले अनुरोध गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.