निम्न बर्गका परिवारलाइ बगनासकाली गाउँपालीका द्वारा राहत बितरण

दयाराज न्यौपाने,चैत २० –विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण समस्यामा परी दैनिक जीवन सञ्चालन गर्न समस्या भएका ब्यातिmलाइ बगनासकाली गाउँपालिकाले आजदेखि राहत सामग्री वितरण शुरु गरेको छ । दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले राहत उपलब्ध गराउन बनाइएको मापदण्ड अनुसार बितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्यालले जबताउनु भयो ।

बगनासकाली गाउँपालिका ८ बराङ्दीकि तिल कुमारी गाहालें आफ्नो ठाउँमा आएर स्थानीय सरकारले राहत दिएकोमा खुशी लागेको बताउनु भयो । उहाँ मात्रै हैन बगनासकाली ७ खानीगाउँकि ६२ बर्सिया छलीसरा कामीले काम समेत नपाएको बेला आवस्यक सामग्री पाउँदा स्थानिय सरकार प्रति कृतज्ञ रहेको बताउनु भएको । सरकारले जारी गरेको लकडाउनबाट निम्न बर्गका मानिसलाइ छाक टार्न गारो भएको छ ।

गाउँपालिकाले ९ वटै वडाहरुमा रहेका ३ सय ८० परिवार मध्ये वडा नं. १ चिर्तुंङधारा र वडा नं. ५ दर्लमडाँडामा छुट भएका परिवारलाई शुक्रबार राहत बितरण गर्ने कार्यक्रम रहेको र अन्य सबै वडाका प्रती परिवारलाई २० किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल वितरण गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चैत्र १६ गते बसेको कार्यपालिकाको ६८ औँ विशेष बैठकले राहत सामग्री उपलब्ध गराउने लगाएतका निर्णय गरेको र सोही आधारमा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.