चीनमा कोभिड–१९ ले मृत्यु भएकाहरूको सम्झनामा आज तीन मिनेट मौनधारण

कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ ।चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् ।

राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक धुन बजाएका छन् ।यद्यपि, सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जानबाट रोकिएको थियो ।यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।

कोरोनाभाइरस महामारीसँग सिङ्गो विश्व आक्रान्त रहेका बेला महामारी सुरु भएको देश भने आफू यसबाट मुक्त भएको देखाउन प्रयासरत छ ।हुन पनि सङ्क्रमणको इपिसेन्टर मानिएको वुहान सहरमा जनजीवन सामान्य बन्दै गएको छ ।

सडक आसपास तरकारीलगायतका सामग्री बेच्ने व्यापारीहरूले करिब तीन महिनापछि आफ्नो काम पुनः थालेका छन् । यसबीचमा घरमै थुनिएका व्यापारीहरू डराएका र आत्तिएजस्ता देखिन्छन् । प्रायःजसोले दुई तह भएको बाक्लो मास्क र पन्जा लगाएका छन् ।अन्य ठूला पसलहरू भने अझै खुल्न बाँकी नै छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.