पाल्पाका अस्पताल सच्चिय, कोरोना संक्रमणको लक्ष्यण देखिएका ३ जनाको स्वाब परिक्षणका लागि पढाइयो

नारायण न्योपाने-पाल्पा, चैत्र २२-जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनमा शुक्रवार दिउसो देखी आइसोलेशनमा उपचाररत ३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जन स्वास्थ्य प्रयोगशाला बुटवलमा पढाइएको छ । बगनासकाली गाँउपालिकाका २० बर्षिय एक पुरुषलाइ नेता, जनप्रतिनिधी र अस्पतालका प्रमुख डा.पुस्प ज्ञवालिले उनको घरमै पुगेर कोरोना संक्रमणको लक्ष्यण देखिएका कारण अस्पताल ल्याएर आइसोलेशनमा राखी उपचार गरेका थिय । चैत्र १० गते भारतको मुम्बै बाट आएपछी नै ज्वरो आएका उनलाइ औषधि चलाउदा पनि ठिक नभएको र कोरोनाको लक्ष्यण देखिएका कारण स्वाब संकलन गरि पढाएको डा. ज्ञवालीले जानकारी दिए ।

लुम्बिनी मेडिकल कलेजले पनी माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब पनी परिक्षणका लागि संकलन गरी पढाएको छ । उच्च ज्वरो र रुघाखोकी नियन्त्रण नभएको र बिदेसीहरु आवत जावत गर्ने एक होटलमा बिरामीले काम गरेकाले कोरोना भाइरस परिक्षण गर्न आवस्यक ठानेको लुम्बिनी मेडिकल कलेजका निर्देशक डा राजु शाक्यले बताए । उनले भने, ‘२ वटा किट पाएका थियौं, हामि सँग आइसोलेशनमा पनी २ जना बिरामी थिय उनिहरुको स्वाब सँकलन गरी पढाएका छौँ, अब हामी जस्तोसुकै बिरामी आएपनी उपचार गर्न तयार छौँ ।’

बुटवलमा परिक्षण नहुने भएकाले प्रदेश जन स्वास्थ्य प्रयोगशालाले स्वाव परिक्षणका लागि काठमाण्डौ पढाउने छ । जिल्लाका ४ स्वास्थ्य संस्थामा ३८ शैयाको आइसोलेसन तयारी अवस्थामा छ । कोरोनाको मिल्दो जुल्दो लक्ष्यण देखिएका बिरामी आउनासाथ आनाकानी गर्ने, तर्कने, फर्काउने र फरक ब्याबहार गरेका स्वास्थ्यकर्मी र पाल्पाका निजी तथा सरकारी अस्पताल सच्चिएका छन । चौतर्फि आलोचना पछि उनिहरुले बिरामी भर्ना गर्ने र उपचार गर्ने प्रतिबद्वता जनाउदै सच्चिएका हुन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.