भैरहवामा कोरोना परीक्षण सुरु, पहिलो रिपोर्ट नेगेटिभ

प्रदेश ५ को भैरहवामा कोरोना भाइरस कोभिड– १९ परीक्षण सुरु भएको छ । आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो। आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो । पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरीक्षण गर्नुभएको हो। निरीक्षणको क्रममा पोखरेलले प्रयोगशालालाई प्रदेशकै अत्याधुनिक स्वास्थ्य प्रयोगशाला बनाउने गरी काम गर्न निर्देशन दिनुभएको हो । प्रयोगशाला हाललाई कोरोना भाइरसको परीक्षणका लागि भए पनि प्रदेशमा पूर्ण क्षमताको जनस्वास्थ्य प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भएको प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो ।

प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनिकस्तरको स्वास्थ्य प्रयोगशालाको रूपमा अघि बढाउने गरी काम भएकोले सञ्चालनमा केही दिन ढिला भएको बताउनुभयो।प्रदेश ५ को भैरहवामा कोरोना भाइरस कोभिड– १९ परीक्षण सुरु भएको छ । आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो। आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो । पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा पोखरेलले प्रयोगशालालाई प्रदेशकै अत्याधुनिक स्वास्थ्य प्रयोगशाला बनाउने गरी काम गर्न निर्देशन दिनुभएको हो । प्रयोगशाला हाललाई कोरोना भाइरसको परीक्षणका लागि भए पनि प्रदेशमा पूर्ण क्षमताको जनस्वास्थ्य प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भएको प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो । प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनिकस्तरको स्वास्थ्य प्रयोगशालाको रूपमा अघि बढाउने गरी काम भएकोले सञ्चालनमा केही दिन ढिला भएको बताउनुभयो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.