कोरोना सङ्क्रमित युवतीसँगै जहाजमा कतारबाट आएका खोटाङका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ

खोटाङ, कतारबाट नेपाल फर्किएका खोटाङका दुई जनामध्ये एकजनाको स्वाब परीक्षण कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । फ्रान्सबाट कतार हुँदै गएको चैत ४ गते नेपाल आएकी कोरोना सङ्क्रमित युवती आएकै जहाजमा आएका जन्तेढुंगा गाउँपालिका–३ का ती युवकको नमुना स्वाब परीक्षण कोरोना नेभेटिभ देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको स्वाब परीक्षण गरिएको थियो । उनको नमूना संकलन गरेर परीक्षणका लागि चैत २१ गते राति धरान पुर्याइएको थियो ।

घर आएको १४ दिनभन्दा बढी बितिसकेको भए पनि संक्रमण भएरनभएको यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको थियो । विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा गएको चैत १२ गतेदेखि होम क्वरेन्टीनमा राखिएको छ ।त्यही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जनालाई भने धरानमा क्वरेन्टीनमा राखिएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.