कोरोना सङ्क्रमण :बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.