आइसोलेसन अस्पतालमा मृत्यु भएका थापाको शव १० दिनदेखि अस्पतालमै

रुपन्देही– बुटवलको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बझेका छैनन् । घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ ।

चैत १३ गते उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल आएका थापालाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।चैत २६ गते थापाको विशेष अस्पतालमा मृत्यु भएको भयो । कोरोनाको आशङ्का गरिएका थापाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतककी श्रीमती रीता थापालाई योग्यताअनुसार रोजगारीको ग्यारेन्टी गर्ने र २ जना छोरालाई पढाइदिने प्रदेश सरकारले आश्वासन दिएको छ तर २५ लाख रुपैयाँ क्षतिपूर्तिको मागभन्दा तल आफन्त नझरेकाले सहमति हुन नसकेको थापाको शव उठाउनको लागि सहजीकरण गरिरहनुभएका पूर्व सभासद तथा वरिष्ठ पत्रकार विनोद पहाडीले बताउनुभयो ।पहाडीका अनुसार सहमतिको लागि मङ्गलबार पनि प्रयास हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.