लकडाउन, दयनिय दैनिकी

नारायण न्यौपाने-पाल्पा, चैत्र २५-यसै पनी एक दिन काम नगर्दा खान पुग्दैन । घरको चुलो बाल्न केहि रहल पहल बाँकी हुँदैन । काम नपाएको दुइ साता पुग्यो । श्रीमान श्रीमतीले आधा घण्टाको ओरालो झरेर दैनक रुपमा गुल्मीको रिणी बजारमा गयर सामान ओसार पसारको काम गर्ने गर्दथे । काम गरेकै पैसाले त्यो साँझ र अर्को दिन बिहानको छाक टार्थे । तिन जना छोराछोरीको जिम्मा पनी उनिहरुकै हो । तीन जना मध्य ८ बर्षीय छोरा र ११ बर्षिय छोरी अपाङग छन । अर्का १७ बर्षिय छोराको पनी राम्रो सँग दिमाग चल्दैन ।

रिब्दिकोट गाउँपालिका १ जैथुममा कुमाल समुदायको बसोबास छ । बिपन्न समुदायका उनिहरुले दैनिक ज्यालादारी बाहेक खासै अरु काम नै गर्दैनन् । अहिले याहाँका अधिकाँस मानिसहरु दैनिकी चलाउन माछा मार्न खोलामा जान्छन । यस मध्यको एक परिवार हो ५० बर्षिय कृश्ण बहादुर कुमालको । उनि निन्द्रा पुगेर हैन भोक नमेटियका कारण पटक पटक बिउझिन्छन । न दिनको छाक न बेलुकीको, उनले राम्रे सँग नअघायको दुइ साता पुग्यो ।
सरकारको लक डाउन पछी साहुले काम गर्न बोलाउन छोडेपछी उनले दैनिक ८ घण्टा श्रदेवा खोलामा बिताउँछन । घरबाट आधा घण्टा टाडाको खोलामा भुरा माछा छोप्छन । त्यो पनि एक दुइ पटक बेच्न रिणी बजार त लगे तर सबै पसल र होटल रेष्टुरेन्ट बन्द भएकाले बिकेन । ‘तरकारी त माछाकै झोल खान हुन्थ्यो तर घरमा चामल छैन, न भुटन छ न नुन छ,’ कुमालले भने, ‘ज्यालादारी गरेर त खान पाइन्थ्यो त्यो पनि हरायो ।’ कुमालले थपे, ‘१÷२ दिन त जसो तसो गयर काम पनि गरे, त्यसपछी प्रहरीले लखेट्न थाल्यो, साहुहरुले पनी अब काममा नआइज भने त्यसपछी माछा मार्न खोलातिर जाने गरेको छु, गाउँभरिका तेही खोलामा माछा मार्न जान्छन, अब त माछा पनी के होलान र ?’ उनि दुखको बेलामा कोही पनी काम नलाग्ने रहेछन भन्ने निष्कर्शमा पुगेको सुनाउछन । ‘ति साहुहरुलाइ के को खाँचो छ र ? जे पनि छ उनिहरुसँग, मैलै ७ बर्ष पहिला काम गर्दा सानो पसल गरेकोले ४ तले घर बनायो, गाडि पनि छ, उसकोमा कति काम गरेँ तर यस्तो दुखको बेलामा कि काम दिय हुन्थ्यो नत्र १ कट्ठा चामल दिएपनी त खान्थे नी तर निमेक गरुन्जेल मात्र हैछ, दुख पर्दा हेर्ने कोहि छैन ।’

अपाङगताको भत्ता पाउने भएकाले रिब्दिकोट गाँउपालिकाले उनको परिवारलाइ राहत दिएको छैन । ‘छोराछोरीको भत्ता त पाइन्छ, अनि त्यो औषधी उपचारमा पनी जान्छ तर त्यो पाइन्छ भनेर अहिलेलाइ मैले के खाउँ सर ?’ उनि भन्छन, ‘तैपनी मिले छ भने पछि दिउला भन्नु भएको छ, त्यतीन्जेल के खायर बसम ल भन्नुस ।’वडा अध्यक्ष बिश्णु गैरेलाइ उनिहरुलाइ राहत जरुरी छ, खान पाएका छैनन भनेर स्थानिय समाजसेवि सुरेश बहादुर कुमालले जानकारी गराउदा गैरेले राहत सामग्री कम भएकाले अहिले दिन नसक्ने बताएका थिए । आँफु मँगलबार त्यही घर माथिको बाटो हिँडेको र राहत दिन नसकेकोमा पश्चाताम लागेको अध्यक्ष गैरेले बताए । ‘जम्मा ६ घर परिवारका लागि राहत थियो त्याँहा पनि दिनुपर्छ भन्ने थाहा थियो, तपाँइलाइ थाहा छैन होला त्यो परिवार भन्दा पनि दयनिय स्थिती भयका छन,’ गैरेले भने, ‘पहिला अति बिपन्नलाइ दिने भनियका कारण मैले भने अनुसार बाँडेको हुँ ।’ उनले राहत बितरणको त्राइट एरियाका कारण पनी समस्या भएको बताएका छन । उनले भने, ‘अपाङगता भत्ता दिएको १ महिना पनि भएको छैन, त्यसैले चलेको होला भन्ने पनि भयो के रहेछ म थप बुझ्ने छु ।’

एकल महिला, जेष्ठ नागरिक र अपाङगता भएको रातो कार्ड भएकालाइ गाउँपालिकाले राहत दिन नसक्ने अध्यक्ष नारायाण जिसीले बताए । उनले भने,‘ ज्ञानको कमि छ, मदिरा पाय खाइहाल्छन, एउटा कार्ड भय मैनाको ३ हजार आउँछ, त्यसले म्यानेज गर्न सकिन्छ नी ।’

फागुनको मसान्तमा पाएको पैसा सकेका कुमालको स्थिती अहिले दयनिय छ । उनले पैसा बँचायर नराखेका कारण भोकै बसुन ? छोरा छोरी सँग रातो कार्ड छ तर खाने अन्न छैन । अब रातो कार्ड हेरेर उनिहरुको भोक मेटियला ? के अब त्यो रातो कार्ड भए बापत आउने मासिक पैसा नआएसम्म उनिहरुको चुलो बल्दैन ? कुमाल समुदायका अधिकाँस परिवारको दैनिकी, काम रोकियपछी दयनीय छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.