रामपुरका १ हजार ६६ विपन्न परिवारलाई राहत वितरण

रामपुर,पाल्पा जिल्लाको रामपुर नगरपालिकाले पहिलो चरणमा नगरका १ हजार ६६ परिवारलाई राहत वितरण गरेको छ । गत शनिबारबाट राहत वितरण सुरु गरेको नगरपालिकाले मंगलबार वडा नं १० मा राहत वितरण गरेसंगै पहिलो चरणको राहत वितरण सकेको हो । कोरोना संक्रमणबाट बचाउन जारी लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त १ हजार ६६ परिवारका ४ हजार ३ सय ३८ जनालाई पहिलो चरणमा राहत पु¥याएको हो ।

नगरपालिकाले वडा १ मा ८५ परिवार, वडा २ मा ६५ परिवार, वडा ३ मा १ सय ५ परिवार, वडा ४ मा १ सय २७ परिवार, वडा ५ मा १ सय ९३ परिवार, वडा ६ मा ६३ परिवार, वडा ७ मा १ सय ३० परिवार, वडा ८ मा १ सय ५१ परिवार, वडा ९ मा ७३ परिवार र वडा १० मा ७५ परिवारलाई राहत वितरण गरेको जनाएको छ । वडा १ को पन्थे, बर्दाकोट, फुर्केचौर, कासीबन प्रतिक्षालयबाट, वडा २ को वडा भवन खयरबोट र भलायटारबाट, वडा ३ को रजघरा बजार र गैलुक भञ्ज्याङ्गबाट, वडा ४ को देविस्थानबाट, वडा ५ को रानाटोलबाट, वडा ६ को नवदुर्गामावि तिलकपुर र दरैठाँटीमावि विजयपुरबाट, वडा ७ को वडा कार्यालय किसानबारीबाट, वडा ८ को आँपचौर र झिरुछापबाट, वडा ९ को जबगादीबाट र वडा १० को बर्दले र रामटार बगैचाबाट राहत वितरण भएको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिए ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले परिवार संख्याको आधारमा राहत वितरण गरेको बताए । नगरपालिकाले कार्यविधि तयार गरी १ जना मात्रको परिवारलाई ५ केजी चामल, १र१ केजी दाल, चना र नुन, आधा लिटर तेल, १ वटा साबुन, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २र२ केजी दाल, चना, १ लिटर तेल, १ केजी नुन र २ वटा साबुन र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३र३ केजी दाल, चना, साढे १ लिटर तेल, २ केजी नुन र ३ वटा साबुनसंगै सिटामोल र जीवनजल वितरण गरेको जानकारी दिए । नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले वडा कार्यालयबाट तथ्याङ्क संकलन गरी अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, प्रशासन र सुरक्षा कर्मीहरुको रोहबरमा रहात वितरण गरिएको बताईन् ।

रामपुर नगरपालिकाले विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै प्रक्रियागत ढङ्गले तिव्रगतिमा राहत वितरण गरेको जनाएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लकडाउन अझै निश्चित नभएकाले पहिलो चरणको राहत वितरण गरेको र आवश्यकता अनुसार थप राहतलाई अघि बढाउने बताए । उनले पहिलो चरणमा नसमेटिएका नागरिकहरुलाई अर्को चरणमा राहत वितरण गरिने बताए । रामपुरमा एकद्धारा पद्धति अनुसार विभिन्न क्लव तथा संघ संस्थाले पनि राहतका लागि सहयोग गरिरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.