लकडाउन उल्लंघन हुन थालेपछि प्रहरी सक्रियता बढ्यो, आज बिहान साढे दुई हजार कारबाहीमा

लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेपछि प्रहरीले थप आक्रामक बन्ने नीति अख्तियार गरेको छ ।उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार ३ सय १ एक जनालाई कारबाही गरिएको छ महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले बिहान मात्रै लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई ठूलोसंख्यामा होल्ड गराएको बताउनुभएको थियो ।

होल्ड गराएर उनीहरुलाई कोरोना कोभिड–१९भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।पोखरेलका अनुसार काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला होल्ड गराइएका छन् ।‘यही समयमा १७ वटा चार पांग्रे र १ सय १२ वटा दुई पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन्’, प्रहरी नायब महानिरीक्षक डीआईजी पोखरेलले भन्नुभयो ।

उनले लकडाउन आमनागरिककै लागि सरकारले चालेको कदम भएको बताउँदै उहाले भन्नुभयो, ‘अब प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ । विभिन्न बाहनामा बाहिर निस्किनेलाई छुट हुँदैन ।’अहिले उपत्यकामा लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी अधिकारी फिल्डमा खटिएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.