स्याङजा प्रहरीले ट्रकमा चाँपि लगायर पठायका १४ जनालाइ पाल्पा प्रहरीले बसमा पठायो

नारायण न्यौपाने-पाल्पा, चैत्र २६-लमजुङमा पुलको काम गर्ने १४ मजदुरलाइ स्याङजा प्रहरीले नै सेटिङ गरेर पठाएको छ । बर्दिया घर भएका उनिहरुलाइ पर्वतको कुश्मा बाट कपिलबस्तुको चन्द्रौटा सुजि र आटा लिन जाँदै गरेको ग १ क २९५८ नं को मिनी ट्रकमा राखेर बाहिर बाट चाँपि लगाएर पठाएको सोहि ट्रकमा सवार बर्दियाका २३ बर्षिय सुन्दर चौधरीले बताए । बिसेस सुचनाको आधारमा सिद्वार्थ राजमार्गको तानसेन स्थित लामडाँडामा उनिहरु पिशाव गर्न झर्दै गर्दा पत्रकारले उनिहरुलाइ फेला पारेका थिय । शनिवार लमजुङ देखि हिड्दै स्याङजा र पाल्पाको सिमाना राम्दि आएका उनिहरुलाइ, प्रती ब्याक्ति २ सयका दरले भाडा सँकलन गरि चालक जित बहादुर बोहोराले दोभानको प्रहरी पोष्ट भन्दा १ किलोमिटर अगाडि झार्ने सर्तमा ट्रकमा राखेका थिय ।

उनिहरुलाइ स्याङजा तर्फको राम्दिमा रहेका प्रहरीले ट्रकमा राख्ने प्रबन्ध गरेका थिय । ‘हामिलाइ ठेकेदारले खान बस्न दियन, अनि त्याँहाको स्थानिय सरकारले पनि हेरेन,’ चौधरीले भने, ‘तिन दिन सम्म हिनेर राम्दि आयँम अनि याँहाको प्रहरीले चालकलाइ भने पछि कुरा मिल्यो, दोभान सम्म जाने र त्याँहा पुगेपछी बिकल्प होला भनेर ट्रकमा बसेम ।’ जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख एसपी बिमल कंडेलले त्यसरी पठाएको कुरा ठाडै अस्विकार गरे ।

चालकले बाटोमै छोडेर हिडेपछी बिच परेका उनिहरुलाइ पाल्पा प्रहरीले बसको ब्याबस्था गरेर पठाएको एसपी दिपेन्द्र जिसीले बताए । ‘उनिहरु दोभानमा पुगेर पनि बिच पर्ने नै थिय, त्यसरी हावा नै नछिर्ने जस्तो गरि ट्रकमा ल्याइनु पनी हुँदैन थियो, त्यसले ठुलो क्षति ल्याउन सक्थ्यो,’ जिसीले भने, ‘उनिहरुलाइ जिल्ला प्रशासन कार्यलयबाट पासको ब्याबस्था गरि गन्त्तब्य सम्म छोड्ने ब्याबस्था गरेका छौँ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.