सीमामा खटिएका प्रहरी जवान आइसोलेसनमा भर्ना

बैतडी : बैतडीमा एकजनालाई आइसोलेसनमा भर्ना गरिएको छ । सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले जानकारी दिए।

३२ बर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको डा. जोशीले बताए । उनले भने ‘सीमा नाकाबाट धेरै मानिस आवतजावत गर्ने र सीमा नाकामा खटिएका प्रहरी जवानमा ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरेका हौं । उनको अहिले स्वास्थ्य अवस्था समान्य रहेको छ ।’

आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइसकिएको डा. जोशीले बताए । उनले भने ‘एकदुई दिनभित्र उनको रिपोर्ट आउँछ । त्यसपछि मात्रै के भएको रहेछ भन्ने थाहा हुन्छ ।’

यसअघि पनि जिल्ला अस्पातलमा दुईजनालाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेपनि उनीहरुको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । कोरोनाको शंकास्पद बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष यसअघि नै बनाइएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.