पाल्पामा संक्रमण फैलिन नदिन उच्च सतर्कता, अपरिचित व्यक्तिलाई प्रवेशमा रोक

पाल्पा, नेपालमा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै जिल्लाका गाउँ–गाउँमा समेत संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँमा अपरिचित व्यक्ति प्रवेशमा निषेध गरिएको छ, भने स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्नको लागि क्वारेन्टाइनको समेत व्यवस्था गरेका छन् । जिल्लामा भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनीहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती पनि थपिएको छ । उनीहरु क्वारेन्टाइन जान अटेर गरेपछि स्थानीय त्रासित बनेका छन् । सरकारले लडकाउनको घोषण गरे पनि विदेशबाट आएका व्यक्तिहरु खुलेआम रुपमा हिडडुल गर्न थालेपछि जिल्लाका केही ठाउँहरुमा स्थानीय र जनप्रतिनिधिहरुको सक्रियतामा अपरिचित व्यक्तिहरुलाई प्रवेशमा रोक लगाउने काम भएको हो ।

निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयहरुले अपरिचित तथा अन्य स्थानबाट आएका व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । ञसंक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवत–जावत नरोकिए पछि नाकाहरुमा ढाडसँगै भाँजा हालेर स्थानीय प्रवेश निषेध गरेका हुन् । लेकाली युवा क्लवको सक्रियतामा स्थानीयहरुले पूर्वखोलाको सिलुवाबाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुवैतर्फ ढाड राखेका छन् ।

४४ घरपरिवारको बसोबास रहेको नारी भञ्ज्या भएर गाडीबाट ओहोर–दोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ–नयाँ मान्छे प्रवेश हुने गरेपछि टोलले गाउँलाई पूर्ण लकडाउन गरेको हो । लेकाली युवा क्लवका सह–सचिव प्रकाश रानाले विदेशबाट आउने नभई पछिल्लो समय अन्यत्रबाट आउने मानिसले जोखिम बढाएको भन्दै नाकाहरु बन्द गरिएको बताए । त्यस्तै स्याङ्जाको चापाकोट ८ दामाचौर र रामपुर ६ प्याकलुक जोड्ने झोलुङ्गे पुल आवत–जावतमा पनि स्थानीयले बन्द गरेका छन् । गाउँका मानिस सुरक्षित रहेपनि बाहिरबाट आउनेहरुले जोखिम बढाएको भन्दै प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने पुल स्थानीयले बन्द गरेका हुन् ।

अन्तर प्रदेश जोड्ने पुलमा दिनभर प्रहरीले सुरक्षा दिए पनि साँझको समयमा आवत–जावत बढेको भन्दै हिड्डुल गर्न बन्द गरिएको रामपुर ६ का स्थानीय ओमप्रकाश बस्यालले बताए । केही दिन अघि स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ र पाल्पाको तानसेन नगरपालिका १४ जोड्ने झोलु·े पुलमा पनि अस्थायी बार लगाएर प्रवेश निषेध गरिएको थियो । जिल्लाका अन्य स्थानका सिमाहरुमा पनि बार लगाएर अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गर्दा जिल्लामा समस्या उत्पन्न भएको छ । जिल्लामा १ हजार बढीको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.