राम्दी हुदै पाल्पा प्रवेशमा थप कडाई

विष्णु घिमिरे
पाल्पा ,विश्वभर कोरोना संत्रास फैलिरहेको छ । नेपालमा पनि लकडाउन चलिरहेको छ । यसै विच जिल्ला तथा स्थानिय तह प्रवेशमा कडाई भईरहेका छन् । पाल्पा प्रवेश गर्ने मुख्य नाका मध्येको एउटा नाका राम्दीमा आइतवार देखी स्वास्थ्य जाच तथा सुरक्षामा थप कडाई थालिएको छ ।

राम्दीहुदै पाल्पा प्रवेश गर्ने नाकामा बगनासकाली गाउपालिकाले प्रहरी चौकी संगको समन्वयमा स्वास्थ्य जाँचमा कडाइ गरेको हो । गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिमानाकामा कडाई गरिएको बताउनुभयो । “नागरिकको स्वास्थ्य सुरक्षा गर्नु अहिले हाम्रो पहिलो कर्तव्य हो, त्यसैले पाल्पा प्रवेशमा थप कडाइका साथ चेकजाच थालेका छौं ।” अध्यक्ष बस्यालको भनाई छ ।

अहिले राम्दी नाकामा सुरक्षाकर्मी, तथा स्वास्थ्यकर्मीहरुले सवारी तथा यात्रुहरुको चेकजाँच तथा स्वास्थ्य परिक्षण पछि मात्रै प्रवेश दिएका छन् । गाउपालिकाले निर्माण गरेको हेल्थडेस्कमा स्वास्थ्य सामाग्री तथा सामान्य औषधीको समेत व्यवस्थापन गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.